
काठमाडौं ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज उद्ध्घाटन गर्नुभएको छ ।
खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसाग सम्बन्धित भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनु पर्ने बताउनुभएको छ । “यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गर्नुभएको छ ।
प्रतिक्रिया