मोरङ । पूर्वी मोरङमा कार्यरत पत्रकारहरुले नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेक संशोधनको पहल गर्न कानून मन्त्री भानुभक्त ढकाललाई एसएमएस म्यासेज पठाएका छन् ।
समाचार लेख्ने पत्रकारलाई २५ हजारदेखि १० लाखसम्म र विज्ञापनमा ५ लाख तथा ५ बर्षसम्म कैद सजयसम्म जरिवानाहुने मिडिया काउन्सिललाई अधिकारसहितको विधेक सदनमा पेश भएपछि देशभरका पत्रकारहरु आन्दोलनमा रहेको छ । आज नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा देशभरका पत्रकारहरुले कालो पट्टी लगाएर काम गरिरहेका छन् । यसै अवसरमा पूर्वी मोरङका पत्रकारहरुले महासंघको पथरी सम्पर्क कार्यालयमा भेला भएर अन्तरक्रियाको आयोजना गर्दै मोरङ ३ का संघीय सांसद तथा कानून मन्त्री भानुभक्त ढकाललाई एसएमएस गरेको हो । ढकालले निर्वाचन जितेको मोरङ ३ नम्बर क्षेत्रमा कार्यरत पत्रकारहरुले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोकनको लागि पहल गर्न कानून मन्त्री भानुभक्त ढकाललाई अनुरोध गर्दछौ ।’ भन्ने एसएमएस गरेका हुन् । माहासंघ मोरङको सहसचिव शन्तोष राईको सभापतित्वमा भएको कार्यक्रममा महासंघको केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, प्रेस सेन्टर नेपालको १ नम्बर प्रदेस समितिको कोषाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी नेपाल मोरङको उपाध्यक्ष केदार चौहान, प्रेस युनियन मोरङको उपाध्यक्ष हरी कोइराला लगायतले बोलेका थिए । मिडिया विधेक पास भएमा कम्तिमा १० लाख तयार पारेर मात्र समाचार लेख्न बस्नुपर्ने र त्यो सर्वसाधरणको लागि सम्भव नहुने बताए । यो विधेक लागू भएमा ग्रामिन भेगका पत्रकारहरुलाई झनै गारोहुने वक्ताहरुले बताए ।
प्रतिक्रिया