
खोटाङ । किरात राई विद्यार्थी संघको खोटाङ दिक्तेलमा भएको ९ औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष निर्वाचन जितेन सोही समितिको पूर्व उपाध्यक्ष हुन् । समितिको उपाध्यक्षमा शोभित राई, शन्तोष मुक्मिन राई, महासचिवमा रविन राई, प्रविणा राई, दिपेन थुलुङ राई, कोषाध्यक्षमा देवकुमार बाहिङ राई, सहकोषाध्यक्षमा प्रभा राई सर्वसहमत चयन भएको हो । संघमा स्थापनाकालदेखीनै वरिष्ठताको आधारमा नेतृत्व चयन गर्ने परम्परा रहेको छ । सोही आधारमा नयाँ नेतृत्व चयन भएको सम्मेलन बन्द सत्रको अध्यक्ष मण्डलको अध्यक्ष भीम राईले बताए । सम्मेलनबाट संगठन विभाग प्रमुखमा उदिम राई, प्रचारप्रशारमा शुभमानसुङ राई, शैक्षिक विभागमा भीमदुमी राई, प्रशिक्षण विभागमा निराजन राई, भाषा धर्म तथा संस्कृति विभागमा समिप साम्पाङ, अनुशासन विभागमा डार्विन राई, महिला विभाग प्रमुखमा शुसिला राईलाई चयन गरेको छ । त्यसैगरी स्वयम सेवक विभागमा सञ्जय राई, अतिरिक्त क्रियाकलापमा सिताराम राई, विदेश विभाग प्रमुखमा सुमन राई चयन भएका छन् । सदस्यहरुमा सुदिप थुलुङ राई, तिलक राई, ममता राई, विसा विख्याती राई, इशाक राई, दीपक राई, रोशन राई, सागर राई, किरण राई, समला राई, नवीन राई, वसन्त राई, सजिना राई, हेमराज राई, श्यामकला राई, इन्द्रहाङ राई, रमेश राई सर्वसहमत चयन भएको हो । ३७ केन्द्रीय समितिमा दुई सदस्य भने केन्द्रीय बैठकले मनोनयन गर्ने नव निर्वाचित अध्यक्ष जितेन राईले बताए । समितमा १५ सचियवाल, ३७ केन्द्रीय समिति र ५७ जना केन्द्रीय परिषद सदस्य रहने व्यवस्था छ ।

नव पदाधिकारीहरु लगायत सम्पूर्ण सदस्य सर्वसहमत रुपमा चयन भएको थिया । द्यपित ६९ आयोजक समिति सदस्य मध्ये सम्मेलनमा ४१ जना उपस्थित थिए । ३७ जना केन्द्रीय समितिमा विभिन्न जिल्ला र उपत्यकालाई कोटा निर्धारण गर्दा उपस्थित ४१ आयोजक समितिबाट २३ जना चयन गर्नुपर्नेमा कसैले छाड्न नमानेपछि आयोजक समितिवीच आन्तरिक चुनाव भएको संघको निवर्तमान अध्यक्ष तथा सम्मेलन आयोजक समितिको संयोजक बिर्सिका राईले बताए । नेतृत्व चयनको लागि निर्वाचन नभएर आयोजक समितिवीच आन्तरिक चुनाव भएको संघले जनाएको छ । आयोजकवीचको आन्तरिक चुनावमा अध्यक्षको प्रत्यासी अर्का निवर्तमान उपाध्यक्ष रामचन्द्र राई बाहिरीएका थिए । सम्मेलन बैशाख २६—२८ आयोजना गरीएकोमो एक दिन लम्बिएको थियो । सम्मेलनपछि प्रतिवद्धता व्यक्त गर्दै नव अध्यक्ष जितेन राईले किरात प्रदेशको लागि संगठनले शसक्त भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया