३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

समाचार

किरात प्रदेशको पक्षमा बहुमत जुट्दै

सांसद रामकुमार भन्छन ‘अन्तिम अवस्थासम्म लड्नु पर्छ’





मोरङ । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानीको बारे औपचारिक रुपमा छलफल चल्नै लाग्दा नाम किरात राख्न प्रदेश सांसदहरुको संख्या बढ्दै गएको छ ।
प्रदेश सभामुख प्रदीप भण्डारीले नाम र स्थायी राजधानी बारे प्रस्ताव दर्ता गराउन बैशाख १९ गतेसम्मको मिति तोकेको छ । प्रदेशको नाम इतिहास, भूगोल र सभ्यताको आधारमा किरात नाम बारे प्रस्ताव दर्ता गर्न नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सांसद टंक लिम्बू, मोहोनकुमार खड्का, रामकुमार राई ९पासाङ०, राजेन्द्र राई, भूराजन राई, अर्जुन राई लगायत लागि परेका छन् ।
भूगोल, इतिहास, सभ्यताको सम्मान हुने भएकोले किरात नाम राखिनु उचित हुने नेकपा सम्बद्ध संसदीय दलका उपनेता टंक लिम्बूको भनाइ छ । किरात नामको लागि दुई तिहाइ पु¥याउन प्रयास भइरहेको अर्का सांसद रामकुमार राई ९पासाङ०ले बताए । सांसदहरुले प्रदेशको नाम किरात राख्न प्रस्ताव दर्ताहुने र यसलाई दुई तिहाई पु¥याउन प्रयास भइरहेको राईले बताए । किरात नामको लागि सांसद भित्र र आवश्यक परे जनतासम्म गएर अन्तिमसम्म संघर्ष गर्ने राईले बताए । प्रदेशमा नेकपाको दुई तिहाइ बहुमत रहेको छ । प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने पर्ख र हेरको रणनीतिमा रहेको बुझिन्छ । पार्टी सम्बद्ध संसदीय दलको सचेतक सुयर्माराज राईले सरकार पक्षधर प्रस्ताव हेरेर रणनीति बनाउने बताए । किरात राई यायोक्खाको भेटमा कांग्रेस संसदीय दलको नेता राजीव कोइरालाले प्रदेश सरकारले किरात जोडेर नाम ल्याएर आफ्नो दलले विरोध नगर्ने जनाएका छन् । प्रदेशका ९३ सांसद मध्ये नेकपाको ६७, कांग्रेसको २१, समाजवादी फोरमको ३, संघीय लोकतान्त्रिक मन्च र राप्रपाको १—१ जना रहेको छ ।
किरात कुनै जाति नभएको किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले जनाउदै आएको छ । प्रदेशको नाम किरात राख्न यायोक्खाले एक दशक भन्दा लामो समयदेखि मुद्धा उठाउँदै आएको छ ।
प्रदेशको नाम किरात, लिम्बुवान, कोशी र सगरमाथाको चर्चा भएपनि किरात सवैभन्दा साझाहुने यायोक्खाको तर्क रहदै आएको छ । यायोक्खाले प्रदेशबाट २५ लाख हस्ताक्षर संकलन गरेर बुझाउनुको साथै विभिन्न अभियानहरु संचालन गर्दै आएको छ ।

प्रकाशित : १८ बैशाख २०७६, बुधबार ००:००