मोरङ । संघीय समाजवादी फोरमको १ नम्बर प्रदेश समितिको एकता अधिवेशनमा भूराज राई र प्रविण चाम्लिङ राई अध्यक्षमा भिडिरहेका छन् ।
एकता अधिवेशनमै दुई जना अध्यक्षले दावेदारी नछाडेपछि निर्वाचनमा जानु परेको हो । बैशाख १५ गते मोरङको विराटनरमा उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई लगायत नेताहरुको उपस्थिति थियो ।
अध्यक्षमा सर्वसहमत नभएपछि अध्यक्ष यादव र वरिष्ठ नेता राई खेमावीच निर्वाचनमा गएको बुझिएको छ । यादव तर्फबाट प्रविण चाम्लिङ राई र वरिष्ठ नेता राई खेमाको तर्फबाट भूराज राई चुनावी प्रतिष्प्रर्धामा गएको बुझिएको छ । अहिले मतदान भइरहेको छ । चाम्लिङ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फोरममा आएका हुन भने भूराज राई पूर्व एमाले संघीय समाजवादीहुदै फोरमा आएका हुन् ।
प्रदेशमा ५१ सदस्यीय समिति गठन हुने विधानमा व्यवस्था छ । सदस्यहरु जिल्लाबाट सर्वसहमत चयन भएपनि अध्यक्षमा निर्वाचन भएको हो । निर्वाचित अध्यक्षसहित ५१ जना सदस्यले अन्य पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । प्रदेशको १४ जिल्लाबाट ४६० प्रतिनिधि रहेको प्रदेशको मुख्य सचिव दावेदार धिरेन्द्र रुम्दालीले बताए । यस अघि पनि प्रदेश समिति गठन हुँदा अध्यक्षमा निर्वाचन नै भएको थियो । त्यसवेला पनि यादव पक्षधर प्रविण चाम्लिङ र राई पक्षधर भूपेन्द्र नेम्वाङवीच चिर्वाचन भएको थियो । त्यसवेला वरिष्ठ नेता अशोक राई पक्षधर नेम्वाङले जितेका थिए ।
मधेशी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीवीच पार्टी एकतापछि अध्यक्ष यादव तथा नेता राईवीच सतहमा आउने गरी खटपट नभएपनि तल्लो तहमा भने दुई खेमावीच प्रतिष्पर्धा भइरहेको छ ।
१७ बैशाख २०७६, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया