३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

समाचार

पहिचान सम्बन्धि डिसकोर्ष कार्यक्रम सम्पन्न




काठमाण्डौ । ‘आइडेन्टिटी रेश्नालिटी रिभोलुसन ट्रान्सफरमेशन अफ नेशनल कन्सिकोएनस’ विषयक डिसकोर्ष कार्यक्रम सम्पन्न भएको छ । एससिआरसी (SCRC) को आयोजना तथा लिम्बूवान स्प्रिङ रिभोलुशनको संयोजनमा आइतबर कोटेश्वर स्थित रत्नज्योति होटलको सभाहलमा डिसकोर्ष कार्यक्रम सम्पन्न भएको हो ।
आदिवासी विचारक बुद्ध छिरिङ मोक्तानले विशेष प्रस्तुति राखेका थिए । दुई खण्डमा गरिएको प्रस्तुतीको पहिलो खण्डमा जीवनजगत, चेतना–वस्तुको परमार्थता तथा सापेक्षित्ता, विचार, ज्ञान, सत्य तथा शक्तिको उत्पादन तथा पुनरुत्पादन, चेतना तथा वस्तु सत्ता मिमांस, सामान्य शक्ति उत्पादन तथा विन्यास, राजनीतिक शक्ति उत्पादन तथा विन्यास, स्पेस वा प्यारडाईम परिवर्तन (मानविय कर्म (हस्तक्षेपकारी)को महत्व तथा भूमिका लगायत विषयमा प्रस्तुत गरेका थिए । त्यसै दोस्रो खण्ड ईण्डिजिनिज्म के हो ? ईण्डिजिनिज्मको तीन संघटक अंग —दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र तथा सामुदायिक समाजवाद, वुर्जुवा क्रान्ति, समाजवादी क्रान्ति तथा राष्ट्रिय मुक्ति क्रान्ति, राष्ट्रिय स्वतःप्रवृत्ति तथा चेतना, त्यसै गरि राष्ट्रिय चेतनाको क्रान्तिकारी रुपान्तरण बारेमा प्रस्तुति दिएका थिए । दुवै खण्डमा प्रश्नोत्तर सेसन समेत गरिएको थियो ।
मोक्तानको प्रस्तुतिमा धर्मेन्द्रविक्रम नेम्बाङ र अमर तुम्यहाङले टिप्पणी गरेका थिए ।
कार्यक्रममा विशेष वक्ताका रुपमा सृजनशिल अराजकताका अभियन्ता तथा मदन पुरस्कार विजेता लेखक राजन मुकारुङले भनाई राखेका थिए ।
वैकल्पिक विचार निर्माणको उदेश्यले डिस्कोर्ष कार्यक्रमको आयोजा गरिएको र यसलाई निरन्तरता दिइने अध्यक्ष टंक सेलिङले बताए ।

प्रस्तुती राख्दै मोक्तान
आफ्रनो भनाई राख्दै लेखक मुकारुङ
सहभागी

प्रकाशित : ९ बैशाख २०७६, सोमबार ००:००