मोरङ । पथरीशनिश्चरे नगरपालिका मोरङमा पर्ने इलाका प्रहरी कार्यालय पथरीले छोरी बलत्कार जस्तो गम्भीर आरोपमा मुद्धा चलाएको ५९ बर्षिय व्यक्तिलाई अदालतले छाडेर आम्सिक न्याय दिएको छ ।
करिव एक दशक वैदेशिक रोजगारीमा रहेका धमला थरका व्यक्ति गत भदौमा घर आएका थिए । घर आउने बेलामा पत्निले लत्ता, कपडा, फर्निचर, थालभाँडा अन्त सारेर लुकाएकी थिइन । पति घर आएपछि अन्त किन्ने भन्दै उर्लाबारी नगरपालिका क्षेत्रमा भएको घडेरी विक्री गराएपनि अर्को ठाउँ किनेन । जग्गा विक्रीको पैसा पत्निले लिएका थिए । पति अक्षर पढ्न नजान्ने अर्थात निरक्षर हुन् । पत्निले पथरीको एक सहकारी संस्थामा रहेको ८ लाख रकम निकालेर अन्त सारेको देखिन्छ । घरको सरसामान, सरकारीको रकम अन्त सार्ने, जग्गा विक्री गरेर पैसा आफूले लिने कार्य गरिसकेपछि पतिसँग मिल्न नसक्ने भन्दै अदालतमा लगेर छोडपत्र लिएकी थिइन ।
यी घट्नाहरु हेर्दा पूर्व पत्निको तयारी सम्पूर्ण सम्पति कब्जा गरेर पतिसँग छाडपत्र गराउने र पतिलाई जेल पठाएर ऐलानि जग्गामा बनेको एक तले घरसमेत आफै कब्जा गर्ने नियत देखिन्थ्यो । त्यही योजना अनुसार आफ्नै छोरीलाई मुखमा किस गरेर वलत्कारको प्रयास भएको आरोप लगाएर छोरी उचाली इलाका प्रहरी कार्यालय पथरीमा मुद्धा दर्ता गराएका थिए । यद्यपि पूर्व पत्निको हर्कत, धमलाको निरक्षर तथा इमान्दारिता लगायतको अवस्था नियालेर करिव ९९ प्रतिशत छरछिमेकीहरु पीडित पतिको पक्षमा थिए ।
धमला पक्राउ पर्नेसाथ पुष्प तिम्सिना लगायतका ठूलो संख्यामा इलाका प्रहरी कार्यालय पथरी पुगेर इन्स्पेक्टर कमल बजगाईलाई पूर्व अध्ययन गरेर मात्र मुद्धा दर्ता गर्न अनुरोध गरेका थिए । यद्यपि प्रहरीले तुरुन्तै जिल्ला अदालत लगेर छोरी बलत्कार सम्बन्धी मुद्धा दर्ता गरेर निर्ममता पूर्वक धमलालाई जेल पठाउने गरी तयारी गरेको बुझिन्थ्यो । धमलाको पूर्वको आर्थिक प्रलोभनमा परेर प्रहरी अधिकृतहरुले छरछिमेकी र धमलाको आफन्तहरुको कुरै सुन्न नमानेको उल्टै अपमान गरेर प्रहरी परिसरबाट घोग्रयाएर बाहिर निकालेको पर्शुराम धमलाले बताएका थिए । यो बिषयमा सार्वजनिक, प्रदेश दैनिक लगायतका मिडियाले धमलाको पूर्व पत्नि र प्रहरी अधिकृतहरुको नियत बारे टिप्पनी गर्दै समाचार प्रकाशन गरेको थियो । प्रहरी कार्यालयमा आउने विभिन्न मुद्धा दर्ता नभएकोमा सेवाग्रहीको गुनासो हुनु र यो मुद्धामा सामान्य विवेक प्रयोग नगरी धमलालाई जेल पठाउने प्रयास गर्नु आफैमा प्रहरी अधिकृतहरुको नियतमाथि स्थानीयले शंका गरेका थिए । पतिको सम्पति कब्जा गर्ने र विभिन्न ठाउँमा सोही पैसा प्रयोग गरी पूर्व पतिलाई जेल पठाउन गरिएको प्रयासको चिरफार गर्दै समाचार प्रकाशन भएको थियो ।
छोरी बलत्कार प्रयास जस्तो गम्भीर आरोप लागेका ५९ बर्षिय धमलालाई जिल्ला अदालत मोरङले आम्सिक न्याय दिएको छ । उनलाई मंगलबार ९चैत्र ३ गते० जिल्ला अदालत मोरङले धरौटीमा छाडेको छ । यस्तो गम्भीर प्रकृतिको मुद्धामा अदालतले कमै मात्र मान्छेलाई छाड्ने गर्दछ । बुधबार पथरीमा भेटिएका धमलाले आफूलाई अदालतले न्याय दिएकोमा खुशी ब्यक्त गरे ।
जिल्ला अदालतले छाडेपनि त्यो घरमा को बस्ने भन्ने बारेमा पथरीशिनिश्चरे नगरपालिको न्याय समितिमा बहस भइरहेको छ । पतिसँग अदालतमै छोडपत्र गरेका ती पूर्व पत्नि छोराछोरी आफैसँग राखेर सोही घरमा बस्ने प्रयास गरिरहेको बुझिएको छ । सम्पूर्ण सम्पति कब्जा गरेर पतिलाई जेल पठाउन प्रयासरत पूर्व पत्निलाई त्यो घरमा राख्न नमिल्ने सम्पूर्ण छिमेकीहरुको मत रहेको छ । गम्भीर आरोप लागेका धमलाले विदेशमा करिव ४० लाख रुपैया कमाएको बताएका छन् । उक्त सम्पूर्ण सम्पति पूर्व पत्निको हातमा रहेको बुझिन्छ । पत्नि पीडित पतिले उक्त धनसम्पति फिर्ताहुनु पर्ने माग राखेका छन् । सम्पति छोराछोरीको नाममा राखेर आमा बुबा दुवैजनालाई संरक्षक बनाएर छोरा १८ बर्ष नपुगेसम्म विक्री वितरण गर्न नपाउने व्यवस्था गरिए सामाजिक न्यायहुने देखिन्छ ।
५ बैशाख २०७६, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया