पाँचथर, १९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रसिद्ध धार्मिक तिर्थ स्थल सुम्हात्लुङमा पुजा गर्नुभएको छ । पुर्वी पहाडी जिल्लाहरुको भ्रमणका क्रममा फिदिम आएका पुर्व राजा ज्ञानेन्द्र शाहले पाँचथरको फिदिम ४ गढीमा रहेको प्रसिद्ध धार्मिक तिर्थ स्थल सुम्हात्लुङमा पुजा गर्नुभएको छ ।
सुम्हात्लुङ पुगेर शाहले किराँत धर्मका महागुरु फाल्गुनन्द लिङदेनको शालिकमा माल्यार्पण समेत गर्नुभएको छ । फिदिम स्थित बुद्धमार्गमा रहेको मनस्वी होटलबाट करिव आधा किलोमिटर पैदल हिड्नुभएका शाहले नागरिकसंग भेटसमेत गर्नुभयो ।
शाहको पैदल यात्रामा राष्ट्रिय झण्डा बोकेको स्थानीय सहभागी भएका थिए । पैदल यात्राको क्रममा राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता नाराहरु राजा समर्थकहरुले लगाएका थिए ।
उहाँले कुनै पनि संवाद नगरी फुलगुच्छा लिएका उनका सहयोगि मार्फत सुम्हात्लुङको ऐतिहाँसिकताका बारेमा जानकारी लिनुभएको थियो । सोमबार अपरान्ह फिदिम आउनुभएका शाहले मन्दिरको बारेमा जानकारी लिनु बाहेक कसैसंग पनि कुनै बिषयमा कुराकानी गरेनन् । उहाँको यो निजि धार्मीक भ्रमण रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुत्तका केन्द्रिय सदस्य सगुन सुन्दर लावतीले जानकारी दिनुभयो ।
प्रतिक्रिया