काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानालाई क्यानडाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया