परशुराम, १२ चैत । डडेल्धुराको नवदुर्गा गाउँपालिकाले नियमित गर्भपरीक्षण गर्ने महिलालाई सरसफाइ सामग्री वितरण गरी सम्मान गरेको छ । मणिलेक स्वास्थ्यचौकी नवदुर्गाले चार पटक नियमित रुपमा गर्भपरीक्षण गराउने ७० महिलालाई सम्मान गरेको हो ।
गत साउनदेखि हालसम्म नियमित रुपमा स्वास्थ्य संस्थामा पुगेर गर्भपरीक्षण गर्नुका साथै स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरसफाइ सामग्री वितरण गरी सम्मान गरिएको स्वास्थ्यचौकी इञ्चार्ज रमेश तिवारीले जानकारी दिनुभयो ।
गर्भवतीको सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले नवदुर्गा–२ मा रहेको मणिलेक स्वास्थ्यचौकीको सेवाक्षेत्र भित्रका महिलालाई सम्मान गरिएको हो । गर्भवती महिलालाई नियमित गर्भपरीक्षण गराउन प्रेरित गर्ने र सरसफाइमा ध्यान पु¥याउन गाउँपालिकाले नियमित गर्भपरीक्षण गराउने महिलालाई सरसफाइ सामग्री वितरण गरेको हो ।
गर्भ रहेको सामान्यतयाः चार महिनादेखि नौ महीनासम्म गर्भ परीक्षण र संस्थागत सुत्केरी गराएका गर्भवतीलाई स्वास्थ्य संस्थाबाट सरसफाइ सामग्री वितरण गरी सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिनुभयो । गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामै आएर परीक्षण गराउने बानीको विकास गर्न उक्त कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
“गर्भवतीलाई नियमित स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने एउटा उद्देश्य हो”, अध्यक्ष विष्टले भन्नुभयो, “अर्कोतर्फ सरसफाइको कमी हुनबाट बचाइ आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो दायित्व ठानेर गर्भवतीलाई सम्मान गरेका हौँ ।” गाउँपालिकाभित्रका मात्र नभइ अन्य जुनसुकै स्वास्थ्य संस्थामा नियमित गर्भपरीक्षण गराउने अन्य स्थानीय तहका गर्भवतीलाई समेत सम्मान गरिएको छ । स्वास्थ्य शाखाका अनुसार यो आर्थिक वर्षबाट सो कार्यक्रम शुरु भएको हो ।
प्रतिक्रिया