काठमाडौंं २४ फागुन। स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले मधेसमा जनमत संग्रह गराउन सरकार सहमत भएको दाबी गरेका छन् । शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेका राउतले फेसबुक स्टाटस मार्फत यस्तो दाबी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर गृहमन्त्री रामबहादुर थापा बादलसँग हस्ताक्षर गरेका राउतले फेसबुकमा लेखेका छन्- नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन सँग भएको वार्तामा नेपाल सरकार मधेशको माँग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत सँग्रह) को मार्फत पुरा गर्ने प्रतिवद्धता जनाएको छ।
यसका साथै स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्ता माथि लागेका सबै मुद्धाहरु फिर्ता हुने भएको छ। साथै स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यलय विभिन्न जिल्लमा खोलेर खुल्ला रुपले राजनिति गर्ने भएको छ।
प्रतिक्रिया