२३ कार्तिक २०८१, शुक्रबार । November 8, 2024

मुख्य खबर

यायोक्खामा सर्वसम्मत नयाँ समिति (नामावली र धरान घोषण-पत्र सहित)



तस्विर: उपेन्द्र चाम्लिङ /धरान

धरान । सुनसरीको धरानमा मंगलबार राती सम्पन्न किरात राई यायोक्खाको १०औ राष्ट्रिय महाधिवेशनबाट दिवस राई को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिती चयन भएको छ ।
यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनबाट सबै पदहरुमा निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा टिकासरि राई, गेन राई, जिवन हाताचो राई, तिलक याम्फु राई, राकेश राई निर्वाचित भए । महासचिवमा जनक राई, उप महासचिवमा शुभचन्द्र राई र भिम राई निर्वाचित भएका छन् । सचिवमा सचिवमा दोर्प ध्वज राई, अर्जुन कुमार राई, हेमन्तकुमार राई, कृष्ण कुमार राई र मातृका राई निर्वाचित भएका छन्र। कोषाध्यक्षमा देवान राई, सह कोषाध्यक्षमा परशुराम राई र महेन्द्र राई निर्वाचित भएका भए।

त्यस्तै सदस्यहरुमा सर्वधन राई, युवराज राई, नविन राई, दिलिप राई, कमला राई, मन्जु राई, खड्ग पुमा राई, ईन्द्रमान राई, अन्जना राई, कपिल राई, प्रेम नाछिरिङ्ग राई, तारा राई, नगेश चन्द्र राई, अश्मिका राई, किवाङ हाङ राई, बिमल किराती राई, राकेश चाम्लिङ राई, अनिता राई, बिमला राई, सुनिल राई, बिर्सिका राई, राजकुमार राई, मिना कुमारी राई रन्जु, मनोज राई, लिल म राज राई, रत्नादेवी राई, गणेशकुमार खालिङ राई निर्वाचित भएका छन्र ।

धरान घोषणा- पत्र

१ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गरियोस् भनी जोडदार माग गर्दछ । यदि कथंकदाचित किरात प्रदेश नामाङ्कन हुन सकेन भने पहिचानवादीहरुसँग सहकार्य गर्दैै संघर्षका कार्र्यक्रम तय गरी विशिष्ट प्रकारको आन्दोलनको गरिनेछ ।

२) किरात राई समुदायले किरात लिपि प्रयोगको लागि कार्यदल बनाएर चाँडै कार्यान्वयन गरिनेछ ।

३) विश्वभर छरिएर रहेका विभिन्न भाषिक÷थरगत किरात राईहरू संगठित हुन हार्दिक आव्हान गर्दछ ।

४) किरात राई समुदायको धार्मिक, सांस्कृतिक कार्य गर्ने नक्छो÷नाक्सो, दोवा, कुवी र तोकायाहरुको बृत्ति विकासको लागि अक्षयकोष स्थापना गरिनेछ ।

५) राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी किरात राईहरुको वास्तविक तथ्याङ्कलाई बाहिर ल्याउन र किरात राई समुदायको एकतालाई अझ मजवुद बनाउन भाषिक÷थरको पछाडि राई र धर्मको महलमा किरात, मातृभाषाको महलमा आ–आफ्नो मातृभाषा लेख्ने÷लेखाउने अभियान संचालन गर्नेछ ।

६) प्रदेशको सम्पर्क भाषाको रूपमा किरात राई भाषाहरूमध्ये कमसेकम बान्तावा र चाम्लिङ भाषा र स्थानीय निकाय (नगरपाललिक, गाउँपालिका र वडा) हरूमा समेत अन्य किरात राई भाषाहरू सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गरियोस् ।

७) आदिवासी जनजातिको बाहुल्य बसोवास रहेको क्षेत्रहरूमा मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षा र कम बाहुल्य क्षेत्रमा विषयको रूपमा पठन पाठन एवम् शिक्षक दरबन्दी सृजना गर्दै शिक्षक सेवामार्फत् पदपूर्ती गरियोस् । साथै पढाइ सुरु भएको विद्यालयहरुमा मातृभाषा शिक्षकको व्यवस्था गरियोस् भनी जोड्दार माग गर्दछ ।

८) संविधानतः धर्म निरपेक्ष मुलुक घोषणा भैसकेको सन्दर्भमा धर्मको नामबाट हुने सबै खाले हस्तक्षेप र दमनको घोर भत्र्षणा गर्दै धर्म निरपेक्षताको पूर्ण कार्यान्वयनका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

९) अनुमोदित अन्तर्राष्ट्रिय अभिसन्धि क्ष्ीइ ज्ञटढ को पूर्ण कार्यान्वयनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

१०) किरात क्षेत्रका गढीहरु विजयपुर गढी, हतुवा गढी, साँगुरी गढी, चौदण्डी गढी, केपिलास गढी, चिना गढी, मौरे गढी, मझुवा गढी, चिसंकु गढी, मुक्ली गढी, तलुवा गढी, होलेसुङ गढी, बुढी मोरङ, ओगानेम गढीलगायतको संक्षण र संवर्दन गर्न सरकारको ध्यानाकर्षण गराउद छ ।

११) भोजपुरको हतुवागढीमा रहेको सेनाको व्यारेक र खोटाङको मझुवागढिमा रहेको सशस्त्र प्रहरीको ब्यारेक तुरुन्त हटाइयोस् ।

१२) जननायक सहीद राम प्रसाद राईलाई राजनैतिक परिवर्तनको आन्दोलनमा उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै अविलम्ब राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग गर्दछ ।

१३) समुदायभित्रको धार्मिक व्यापारीहरुलाई निरुत्साहित गर्दै मुन्दुम (प्रकृतिक पुजक) संस्कारलाई संरक्षण, विकास र सम्बद्र्धन गरिनेछ ।

१४) किरात राई यायोक्खाको नयाँ भवन निर्माण गरी कार्यालय थप व्यवस्थिति गरिनेछ ।

१५) झापाको लखनपुरमा रहेको आदिवासी जनजाति रंगशालालाई सोही नामले स्थापित गरियोर । १६) किरात राई जातिको मौलिक लोकलय, मौलिक भेष भुषा, लोक कथा र परम्परागत ज्ञान शिपको संरक्षण सम्बर्दनको लागि विषेश अभियान सञ्चालन गरिने छ ।

 

 

प्रकाशित : २२ फाल्गुन २०७५, बुधबार ००:००