पाँचथर । पाँचथरको सदरमुकाम स्थित फिदिम मावि कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पतालनै भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकको राजिनामा माग गर्दै ३ वटा विद्यर्थी संगठनले ताला लगाएका छन् ।
विद्यार्थी संगठनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्ष, प्रधानाध्यापकको कार्यकक्ष र विद्यालयको प्रशासनमा आज ताला लगाएका हुन ।
प्रधानाध्यापक दुर्गाराज खत्रीको राजिनामा माग गर्दै ताला लगाएका हुन । पाँचथरका अनेरास्ववियू जिल्ला कमिटि पाँचथर, अनेरास्ववियू (क्रान्तिकारी), जिल्ला कमिटि पाँचथर र समाजवादी विद्यार्थी फोरमले संयूक्त रुपमा ताला लगाएका हुन ।
विद्यालय बालमैत्री वातावरणमा विद्यार्थीले पठन पाठन गर्न पाँउनु पर्ने ठाँउमा प्रअले नै विद्यार्थीलाई निर्घात कुटपिट गरी विद्यालयमा त्रास फैलाएको भन्दै ताला लगाएको अनेरास्ववियू (क्रान्तिकारी), जिल्ला कमिटि पाँचथर सूर्य बेघाले बताए । राईलाई विहीबार प्रअखत्रीले टाउकोमा गम्भिर चोट पर्नै गरी कुटपिट गरेका थिए ।
प्रतिक्रिया