पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा रहेको सुनाखरी युवा समाजले गत अशोजमा आयोजना गरेको प्रथम पथरी शनिश्चरे खुल्ला नक आउठ फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक गरेको छ ।
आज ९विहिबार० पत्रकार सम्मेलनको आयोजना गरेर हिसाव सार्वजनकि गरेको हो । अशोज २२ देखि २९ गतेसम्म भएको फुटवल प्रतियोगितामा छ लाख ११ हाजर १०५ रुपैया खर्च भएको कोषाध्यक्ष जोन सुब्बाले बताए ।
प्रतियोगिताको लागि नगद छ लाख २७ हजार ५०६ रुपैया आर्थिक संकलन भएको र संस्थामा १६ हजार ४०१ रुपैया बचत भएको खेल संयोजक विश्व राईले बताए । प्रतियोगिताको लागि कबोल भएको डेढ लाख जति उठ्न बाँकी रहेको क्लवका अध्यक्ष मिलन राईले बताए । पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका संयोजक मनि लिम्बूको समेत उपस्थिति रहेको थियो ।
१७ माघ २०७५, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया