२५ कार्तिक २०८१, आइतबार । November 11, 2024

ग्लोबल

न्युयोर्कमा समाजवादीको अधिवेशन




न्युयोर्क । संघीय समाज अमेरिकाको न्युयोर्कमा भएको दोश्रो अधिवेशनलाई सम्बोधन गर्दै डा. महेन्द्र लावतीले नेपालमा समाजिक समानता विना विकास असम्भव भएको बताएका छन् ।
अधिबेनमा अतिथि रहेका पार्टीका केन्द्रीय सदस्य समेत रहेका डाक्टर लावतीले समानताको नेतृत्व संघिय समाजवादी पार्टीले मात्र गर्न सक्ने दावी गरे । अमेरिकामा समाजसास्त्रका प्राध्यापक समेत रहेका लावतीले नेपालमा समानता ल्याउन नातावादको भेदभावलाई पहिले हटाउनु पर्ने वताए । पार्टी निकट संघीय समाजलाई उनले प्रशिक्षण मन्तब्य समेत राखेको समाजका नेता केशव राईले बताए ।
समाजको अधिवेशनले दोश्रो कार्यकालका लागि समिर महर्जनलाई चयन गरेको छ भने उपाध्यक्षमा लिला राई, ओमराज सम्माहाम्फे र आङछिरिङ शेर्पा छन् । त्यसैगरी महासचिवमा लोक चेम्जोङ, सचिवमा मनु लोहरुङ र कोषाध्यक्षमा निला जवेगु छन् सदस्यहरुमा कुमार राई, अनिल लिम्बु, विमल चेम्जोङ, गजेन्द्र सुब्बा, जंबु लामा देवबहादुर पुन, कुवेर वनेम, काजी शेर्पा, हरी जवेगु, केशर, लिम्बु, सुवर्ण शाक्य, सेसेहाङ नेम्वाङ र सुरेन्द्र ठाकुर छन् ।
अधिवेशनमा नेपाल सरकारका प्रतिनिधि पुष्प भट्टराई, नेपाल आदिवासी महासंघ अमेरिकाका अध्यक्ष मानवहादुर रानामगर, एनआरएन अमेरिकाका केन्द्रीय सदस्य एवम प्रवासी नेपाली मंचका अध्यक्ष सन्जय थापा, एनआरएनका अर्का नेता सोनाम लामा, नेपाली जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्वाङ, जनमंचका अध्यक्ष अग्नी साम्पाङ, प्रेम कुलुङ, पुर्व डिआईजी पार्वती थापामगर, पत्रकार शैलेश श्रेष्ठ लगायत अन्य ब्यात्त्विहरुले मन्तब्य राखेका थिए ।

प्रकाशित : १७ माघ २०७५, बिहिबार ००:००