१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

घरभित्र चितुवा



तम्घास, ११ माघ। गुल्मीको इस्मा गाउँपालिका–३ अन्तर्गत एक व्यक्तिको घर चितुवा पसेपछि यतिबेला चितुवा हेर्न जानेको घुइँचो लागेको छ ।

इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा आज बिहान कुखुरा निकाल्न जाँदा कुखुरासँगै चितुवा पनि बाहिर निस्केर खरेलको हात र खुट्टामा चिथोरेर मानिस सुत्ने कोठाभित्र पसेको थियो । उहाँ सामान्य घाइते हुनुभएकोे घटनास्थलमा पुग्नुभएका डिभिजन वन कार्यालयका नासु नवीनपन्थीले बताउनुभयो ।

चितुवा घरभित्र पसेको जानकारी पाएपछि आज बिहान उक्त कार्यालयका प्रमुख रवीन्द्र महर्जनको नेतृत्वमा बाघखोरसहितको टोली घटनास्थल पुगिसकेको बताइएको छ । गत दुईसाताअघि छत्रकोट गाउँपालिका–१ अन्र्तगत हुँगामा पनि दुम्सीलाई थापेको पासोमा चितुवा परेको थियो । जिल्लामा पछिल्लो समयसदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा चितुवाको बिगबिगी बढ्दै गएको बताइएको छ ।

प्रकाशित : ११ माघ २०७५, शुक्रबार ००:००