मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकामा सोमबारदेखि शुरु भएको एकीकृत घुम्ती शिविरमा २९० ले नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित दुई दिने शिविरमा २९० ले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका नासु लक्ष्मण पाण्डेले बताए ।
त्यस्तैगरी २५० जनाले तस्वीरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्लास्थित सात वटा कार्यालयले सेवा प्रवाह गरेका थिए । शिविरमा कृषि ज्ञान केन्द्र इलामबाट माटोको नमूना परीक्षण गरिएको थियो । फाकफोकथुम–१, ३ र ६ का ८२ जना कृषकको माटोको नमूना परीक्षण गरिएको छ ।
नेपाल टेलिकमबाट ४१ लाई सहुलियतमा मोबाइलको सिमकार्ड वितरण गरिएको छ । आयुर्वेद औषधालयले करीब २०० बिरामीलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । करदाता कार्यालय, डिभिजन वन कार्यालयले सर्वसाधारणलाई परामर्श सेवा उपलब्ध गराएका थिए ।
गाउँपालिका भएपछि पहिलोपटक घुम्ती शिविर आयोजना भएकाले सेवाग्राहीको चाप बढेको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । उहाँले गाउँपालिकाले सबै सेवा एकै ठाउँमा दिएर गाउँवासीका लागि ठूलो राहत पु¥याएको विचार राख्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि स्थानीयस्तरमै जिल्लाबाट प्राप्त हुने सेवा प्रवाह गरिने बताए।
प्रतिक्रिया