मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी जेसीजको बुधबार पद हस्तान्तरण कार्यक्रम मार्फत बर्ष २०१९ को लागि अध्यक्षमा मानबाहादुर दियालीको टिमलाई जिम्मेवारी दिइएको छ ।
कार्यकारी उपाध्यक्षमा प्रदिप फुयल, युबराज रायमाझी, उपाध्यक्षहरुमा नारायण गुरागाई, निरोज बस्नेत, कासिहाङ राई, शुवर्ण अधिकारी र महासचिवमा सुमन कुरुङ्वाङ लिम्बूले जिम्मेवारी पाएका हुन ।
सचिवमा दिपेस रिजाल र अन्य जिम्मेवारीमा डा। उमेश अग्रवाल, सरोज दाहाल, सुविन पराजुली, ईश्वरी साप्कोटा, टेकेन लिम्बू, लक्ष्मी भट्टराई, अनु राई लगायत रहेका छ्न ।
जेसीजको राष्ट्रिय अध्यक्ष महेश पौडेलको उपस्थितिमा भएको कार्यक्रममा पथरीशनिश्चरेका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, जेसीज पूर्व राष्ट्रिय उपाध्यक्ष अशोक शंकर लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया