काठमाडौँ, २ माघ । राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग ९आधार र मापदण्ड निर्धारण० विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो प्रस्ताव पेश गर्नुभएको थियो । यसैगरी अर्थमन्त्री खतिवडाले ‘नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक, २०७५’ सभासमक्ष पेश गर्नुभएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका तर्फबाट अर्थमन्त्री खतिवडाले ‘विज्ञापन ९नियमन गर्ने० विधेयक, २०७५’ लाई सभासमक्ष पेश गर्नुभएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिकसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७५’ लाई सभासमक्ष पेश गर्नुभयो ।
प्रतिक्रिया