हेटौँडा, २८ पुस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले द्रुतगतिमा काम गरिरहेको बताउनुभएको छ ।
युवा सङ्घ नेपाल तथा वाइसिएल नेपालद्वारा आज मकवानपुरमा आयोजित भेटघाट तथा युवा भेलालाई सम्बोधन गर्दै उहाँले शून्यदेखि शुरुआत गर्नुपरेकै कारण प्रदेश सरकारले आधार तयार पार्न एक वर्ष खर्चिनु पवरेको बताउनुभयो । मार्ग खोलिसकेकाले आगामी दिनमा राम्रो परिणाम आउने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य विरोध खतिवडा, रामेश्वर राना र कुमारी मोक्तान तथा राष्ट्रियसभा सदस्य रामनारायण बिंडारीलगायतले युवाले कार्यक्रम गरेर एकताको सन्देश दिएको बताउनुभयो ।
प्रतिक्रिया