१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

भक्तपुरमा युवा सम्मेलन हुँदै



भक्तपुर । भक्तपुरमा पहिलो पटक युवा सम्मेलनको आयोजना हुने भएको छ । युवाका साथ साथ आवाज नेपालले राष्ट्रिय युवा परिषद्को समन्वयमा जिल्लामा प्रथम भक्तपुर युवा सम्मेलनको आयोजना गर्न लागेको हो । युवा परिषद्का साथै जिल्लाभित्रका नगरपालिका, बिभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुको सहकार्यमा पुष २७ र २८ गते दुई दिने ंप्रथम भक्तपुर युवा सम्मेलन–२०७५ को आयोजना गर्ने तयारी पुरा भएको संस्थाका संस्थापक दिपेश विशुंकेले जानकारी दिए ।
संस्थाले पत्रकार सम्मेलनको आयोजना गरि भक्तपुर जिल्लाका ३८ वटै वडाबाट प्रतिनिधित्व हुने गरि दुई सया युवाहरुको सहभागिता रहने सम्मेलनमा युवा उद्यमशिलता प्रर्वद्धन तथा समाज बिकासको लागि युवाको भुमिका बिषयमा बृहत छलफल तथा उत्प्रेरणात्मक कक्षाहरु सन्चालन गरिने युवाका साथ साथ आवाज नेपालका सचिव श्रीकृष्ण थापाले जानकारी गराए ।
सम्मेलनले युवा घोषणापत्र जारी गर्ने समेत आयोजकले जनाएका छन् ।

प्रकाशित : २८ पुस २०७५, शनिबार ००:००