धनकुटा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको परिवर्तनमा सञ्चारकर्मीको भूमिका निकै ठूलो रहेको बताएको छ ।
प्रेस काउन्सिल नेपालले धनकुटामा आज आयोजना गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का सञ्चारकर्मी र सञ्चारगृहलाई थप व्यावसायिक मर्यादित र सक्षम बनाउँदै अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले त्यसमा केही सहयोग पु¥याउनुपर्ने भए निर्णय गर्न प्रदेश सरकार तयार छ भने । नकारात्मक कुराको बढी खोजी गर्ने र सकारात्मक कुरालाई कम प्राथमिकता दिने क्रम केही बढेजस्तो देखिएको भन्दै त्यसमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री राईको भनाइ थियो । –
प्रतिक्रिया