सिञ्जा, २३ पुस । जुम्ला जिल्लाभरि हिमपात हँुदा जुम्ली जनता खुशी भएका छन् । हिउँ आउँदा बालीनाली र स्याउखेतीमा परिवर्तन हुने भनेर उनीहरु दङ्ग छ । हिमपात हँुदा अत्यधिक जाडो बढेको छ । यतिखेर नेपालकै सुन्दर र ठूलो ताल रारा घुम्न आउने पर्यटक हिउँसँगै रमाएका छन् ।
रारा घुम्न आउनुभएका कोहलपुर मदनचोकका सुरेन्द्रबहादुर शाही रारा ताल आउँदा आफू भाग्यमानी भएको ठान्नुहुन्छ । आफ्नो यात्रा यतिखेर रमाइलो भएको बताउँदै उहाँले भन्नुभयो, “यात्राकै क्रममा हिउँ आउँदा सुनमा सुगन्ध भएको छ ।” हिजो रातिदेखि परेको हिउँ अहिलेसम्म आउने क्रम जारी नै छ ।
प्रतिक्रिया