काठमाडौं, २१ पुष । किरात समुदायको महान पर्व उधौली किरात राईहरुले आज काठमाण्डौ स्थित टुडिखेलमा धुमधाम मनाएका छन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि शुरु हुने उधौली पर्व मानिस, जनावर र चराचुरुङ्गी लेकबाट बेसितिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा प्रकृती देवलाई कृतज्ञता ज्ञापन गर्दे यो पर्व मनाईन्छ ।
किरात समुदायले अन्नबाली लगाउने समय र भित्र्यानने समय दुई पटक धुमधाम यो वर्प मनाउने गरेका छन् । अन्नबाली लगाउने बेला वैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला, साकेन्वा, किरात याख्याहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्छन् ।
किरात राई यायोक्खा काठमाण्डौको आयोजनामा आजसम्पन्न उधौली विशेष कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई लगायत हजारौ सहभागी थिए । यहाँ उधौली उभारका केही फोटो समेटीएको छ ।
प्रतिक्रिया