उर्लाबारी, प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताउनुभएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/01/1546611353663_sibhamaya-tumba-300x169.jpg?resize=720%2C406)
नेपाल नेत्रहीन सङ्घ मोरङले १७औँ साधारणसभाको आज बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपालको संविधानले सबै जाति, धर्म, लिङ्ग समुदायलाई समेटेको भन्दै उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, “अब तीव्र विकासको गतिमा अघि बढ्न आवश्यक छ ।” सो अवसरमा उहाँले मोरङका ३८ न्यूनदृष्टियुक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।
–––
प्रतिक्रिया