१८ माघ २०८१, शुक्रबार । January 31, 2025

ग्लोबल

छिरिनाम शाकेलाको सुभकामना आदन प्रदान



मेरिल्याण्ड । छिरिनाम शाकेला (उधौली) ५०७८ को अवसरमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) डिएमभिपि शाखाले मेरिल्याण्डको रकभिलमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

युक्राका बोर्ड अफ डाईरेक्टर मिलन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सुरुमा पारुहाङ सुम्निमा तथा यलम्बरको तस्विरमा फुल चडाईएको थियो । अमेरिकीको थ्याङ्स गिभिङ् चाडको दिन आयोजित शुभकामना आदनप्रदानमा उपस्थित ब्यात्तित्वहरुले दुवै चाडको महत्व वारे चर्चा गरेका थिए । त्यसैगरी दोश्रोचरणमा भएको छलफलले वासिङटन डिसि, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया (डिएमभिपि) समिति पुनः गठन गरेको छ । प्रकाश राई को अध्यक्षतामा गठित दश सदस्यि समितिको उपाध्यक्षमा समिता राई, सचिवमा हर्क राई र कोषाध्यक्षमा सरिता राई छन् । त्यसैगरी सदस्यहरुमा जेनिला राई, प्रिति राई, सन्तोषी राई, प्रितम राई र रणवीर राई छन् । नयाँ समितिले मिलन राईलाई प्रमुख सल्लाहकारको रुपमा चयन गरेको छ भने केन्द्रिय बोर्ड अफ डाईरेक्टरको लागि कुसुम राईलाई सिफारिस गरेको छ । समिति चयन अघि नेपाल बाट आउने नयाँ पाहुना र डिएमभिपि क्षेत्रमा बसई सरि आउने नया आगन्तुकहरुलाई स्वगत सम्मान पनि गरेको थियो भने विचिविचमा आपसमा शाकेला तथा अन्य नाचगान र मनोरन्जन समेत भएको थियो ।

प्रकाशित : ७ मंसिर २०७५, शुक्रबार ००:००