काठमाडौं,२१ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताउनुभएको छ ।
आज बिहान बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पार्नुभयो । “यसपालीको भ्रमणमा कुनै सन्धी समझौता हुदैनन् । देशको अहितमा कुनै काम गरिदैन । विगतका सन्धी सम्झौता कार्यन्वयनमा जोड दिइने छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस भ्रमणले दुई देश बीचको सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिती थियो । पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिनु भएको थियो । नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो । उहाँहरुले पुरानो मानसिकता राखेर २१ औं सताब्दीको सम्बन्ध विकाश गर्न नसकिने बताउनुभएको थियोे ।
पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थीर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । उहाँँले नेपाल भारत सम्बन्ध “ भाइभाइको हैन मित्र÷मित्र जस्तो हुनु पर्ने” बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल भारत सम्बन्ध अहिले सुधार भएको बताउनुभयो । उहाँहले भन्नुभयो “भारतलाई हामीले संविधान कार्यन्वयनमा गइसक्यो खास समस्या छैन भनेर बुझाउनु पर्छ । ”
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।
छलफलमा पराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको पनि प्रतिनिधित्व थियो ।
२१ चैत्र २०७४, बुधबार ००:००
0
Shares
प्रतिक्रिया