फिदिम । पाँचथरबाट विजयी तीनै जना सांसद अब बन्ने केन्द्र तथा प्रदेश सरकारको मन्त्रीका लाईनमा छन् । पाँचथरबाट प्रतिनीधिसभामा विजयी बसन्तकुमार नेम्बाङले केन्द्रिय सरकारमा दावी गरेका छन् भने प्रदेश क बाट विजयी गणेशकुमार काम्बाङ र प्रदेश ख बाट विजयी इन्द्रबहादुर आङ्बो ‘मौसम’ले प्रदेश सरकारमा दावी गरेका छन् । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता भीष्मराज आङ्देम्बेसंग भारी मतान्तरले विजयी बनेसंगै बसन्त नेम्बाङले सांसदमा ह्याट्रिक गरे । कानुनमा वि.एल नेम्बाङ २०४८ र २०५६ गरी दुई पटक सांसद बनेका थिए । तेस्रो पटक सांसदमा विजयी बनेसंगै पाँचथरको समग्र विकास गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । नेम्बाङलाई मन्त्री बनाउन अहिले लविङ्ग भइरहेको छ । पाँचथरको समग्र विकासका लागि केन्द्रिय सरकारको नेतृत्वमा पाँचथरको प्रतिनीधित्वका लागि जिल्ला कमिटिबाट औपचारिक निर्णय गरेरै अभियान थालिएको एक जिल्ला सदस्यले बताए । पाँचथरको समग्र विकासका लागि लागिपरेका, ज्ञान र अनुभव दुवै भएका नेताका रुपमा नेम्बाङ रहेकाले उनलाई मन्त्री बनाउँदा देश र जनतालाई फाइदा हुने भएकाले मन्त्रीका लागि पार्टीमा लविङ्ग भइरहेको पाँचथर काण्ठमाण्डौ सम्पर्क मञ्चका सचिव खीम सेलिङले बताए । त्यस्तै पाँचथर प्रदेशसभा ‘ख’ बाट विजयी इन्द्रबहादुर आङ्बो मौसमलाई चुनावी अभियानकै क्रममा पद्रेश नं. १ का गृहमन्त्रीमा रुपमा अघि सारिएको थियो । चुनावी अभियानकै क्रममा मन्त्रीका रुपमा सारिएका आङ्बो पार्टी भित्र पनि राम्रै पहँुच राख्ने भएकाले मन्त्री बन्ने सम्भावना बलियो छ । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य आङ्बोले माओवादी भित्र उदियमान युवा नेताका रुपमा छवी बनाएका छन् । युद्धकालका कमाण्डरदेखि सचिवालय सदस्यसम्म रहेका आङ्बोले प्रमाणपत्र तहसम्म औपचारीक अध्ययन गरे भने युद्धमा होमिएपद्धि अनौपचारिक अध्ययनको दायरा निक्कै पराकिलो बनाएका छन् । प्रदेश नं. १ मा नेकपा एमालेको एकल बहुमत रहेपनि वामगठबन्धनका संयूक्त सरकार बन्नेछ । सरकार गठन अगाडी पार्टी एकिकरण भए पनि नभए पनि माओवादीका तर्फबाट रोजाइएको मन्त्री आङ्बो हुनेछन् । पार्टी अध्यक्ष प्रचण्ड र प्रदेश नं. १ इन्चार्ज गोपाल किराती पनि आङ्बोका दाइनो रहेका कारण उनलाई मन्त्री बन्न गाह्रो छैन ।त्यस्तै पाँचथरका एक पुराना कम्यूनिष्ट नेता गणेशकुमार काम्बाङ पनि प्रदेश मन्त्री बन्ने चर्चा सुरु भएको छ । उनी पाँचथर ‘क’ बाट प्रदेशमा विजयी बनेका हुन । निवर्तमान संविधानसभासदस्य तथा सांसद काम्बाङ मन्त्री बन्नकै लागि प्रदेशमा उम्मेदवार बनेको लखकाट्नेहरु पनि छन् । इमानदारीता, धैर्यता र सरल जीवनका कारण उनको पार्टी भित्र संधै प्रशंसा हुने गर्छ । एमालेकै कतिपय नेता कार्यकर्ता काम्बाङको व्यक्तित्व अनुसार उनलाई प्रदेशसभामुख बनाउनु पर्ने बताउँँछन् ।
१८ माघ २०७४, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया