१८ माघ २०८१, शुक्रबार । January 31, 2025

ग्लोबल

गोर्खाल्याण्डको मुद्दा सर्वोच्चमा



विहिबार । भारतमा गोर्खाल्याण्ड राज्य गठनको माग राखि भएको आन्दोलनमा सरकारको तर्फबाट मानबअधिकारको हनन भएको भन्दै नया दिल्ली स्थित सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

जायज माग राखि भएको शान्तिपुर्ण आन्दोलनमा पश्चिमबंगाल सरकारले निर्मम दमन गरेको भन्दै गोर्खाल्याण्ड कार्यकर्ता तथा अधिवक्ता बन्दना राईले मुद्दा हालेकी हुन् । जनवरी ४ तरिखका दिन मुद्द हालेर फर्कने क्रममा पत्रकारहरुसंग कुरा गर्दै राईले सर्वोच्च अदालतको फैसलाले गोर्खाल्याण्ड प्राप्तीका लागि जनधनको क्षती रोकीने र पिडितका परिवारलाई राहत हुने विश्वास ब्यक्त गरिन् । राईलाई भारतकै चर्चित अधिबक्ता ईन्दिरा जैसिंहको टोलीको साथ रहेको पनि बताईएको छ । मुद्धामा प्रतिवादीको तर्फबाट सहिद परिवार तथा पिडितहरुको समेत हस्ताक्षर छ भने वादी तर्फ पश्चिम बंगाल सरकालाई राखिएको छ । यस बारे “गोर्खाल्याण्ड २४ × ७” नामक सामाजिक संजालको पेजमा भिडियो राखिएको छ ।

प्रकाशित : २१ पुस २०७४, शुक्रबार ००:००