गौशाला, २१ असोज (रासस) ः बर्दिबास नगरपालिका क्षेत्रबाट प्रहरीले अवैधरुपमा मदिरा उत्पादन गर्न प्रयोग हुने रु २५ लाख मूल्य बराबरको वस्तु नष्ट गरेको छ ।
बर्दिबास–७ मा जीतेन्द्र यादवले सञ्चालन गर्दै आएको अवैध मदिरा उत्पादन भट्ठीमा प्रहरीले शुक्रवार छापामारेर सो मूल्य बराबरको सरसामान नष्ट गरेको हो ।
सो स्थानबाट मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ १२४ ड्रम, तयारी मदिरा १४ ड्रम, चिनी ११ बोरा, सक्खर ५७ बोरा, मदिरा उत्पादन गर्ने मेशिन, ग्यालेनलगायत रु २५ लाख मूल्य बराबरको सरसामान नियन्त्रणमा लिएर नष्ट गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया