२३ माघ २०८१, बुधबार । February 6, 2025

मुख्य खबर

कांग्रेस नेतृत्वमा ६ दलीय लोकतान्त्रिक गठबन्धन



काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको नेतृत्वमा ६ दल आगामी संघ तथा प्रदेशको चुनावमा लोकतान्त्रिक गठबन्धन गर्न सैद्धान्तिक समहमत भएका छन् । थप गृहकार्य गर्न कार्यदल समेत बनेको छ ।
कांग्रेस नेतृत्वको गठबन्धनमा राप्रपा, राजपा, संघीय फोरम, फोरम लोकतान्त्रिक र राप्रपा प्रजातान्त्रिक रहनेछ ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलसँगै एकता गर्ने सहमति गरे लगतै कांग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने निर्णय लिएको थियो । कांग्रेसका लगतै बालुवाटारमा ६ दलको बैठक बस्यो । बैठकबाट आगामी चुनावी गठबन्धन बनाउने सहमति जुटेको छ । सिट बाँडफाँड गर्ने सात सदस्यीय कार्यदल बनेको छ ।
कार्यदलमा कांग्रेसबाट दुई सदस्य रहनेछन् भने पाँच दलबाट एकएक सदस्य रहनेछन् ।
तीन वाम दलले मोर्चाबन्दी गरेकाले लोकतान्त्रिक गठबन्धन बनाउन बाध्यता भएको नेताहरुले बताएका छन् ।

प्रकाशित : १८ आश्विन २०७४, बुधबार ००:००