१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

यायोक्खा मार्फत ५ लाख ४१ हजार बराबरको सहयोग



 


ईटहरी । ईटहरीका बुढी खोला बाढी पिडित एक सय घरधुरी परिवारहरुलाई स्वदेश तथा विदेशमा रहेका किरात राई संस्था तथा ब्याक्तिहरु मर्फत ५ लाख रुपैयाँ ज्यादाको राहत उपलब्ध गराएका छन् ।


सहयोग अनुसार चामल, लत्ताकपडा, भाँडाकुडा देखि नगद समेत प्रदान गरिएको थियो । जस मध्ये आर्थिक सहयोग पाउनेहरुमा आमा र भाई गुमाएका क्रमशः ११ र १५ वर्षका निशान राई र कमला राईको शैक्षिक निरन्तरताका लागि ३९ हजार ४ सय ५ रुपैयाँ उनिहरुको अभिभावकलाई उपलब्ध गराएका छन् । त्यसैरी ५ वर्षकी रुप्सनी र ६ वर्षका रुपेश राई गुमाएका परिवारलाई नगद २१ हजार ५ सय ६ रुपैयाँ उपलब्ध गराएका छन् । जम्मा ५४ घरधुरीलाई भने नगद ४ हजार २ सय रुपैयाँका दरले आर्थिक सहयोग गरेका थिए । त्यसैगरी पानीले वगाएर घाईते भएकी सानु मैयाँ राईको उद्धार गर्ने बिरु रिषिदेव र अनिल रिषदेवलाई समेत जनही ५ हजार ५ सय ६ रुपैयाँ दिएर पुरस्कृत गरिएको थियो ।


आर्थिक सहयोग ओखलढुंगा घर भई मेलेशियामा रोजगारीरत राज सुनुवार किरात र धरानका शिब वान्तवा राईको अगुवाईमा ३ लाख १३ हजार ४ सय ५८ रुपैयाँ उपलब्ध थियो । त्यसैगरी युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाका संचार संयोजक सुरेश चाम्लिङ घर खोटाङ र संस्थाकी न्युयोर्क राज्यका उपाध्यक्ष मुना वान्तवा घर भोजपुरको अगुवाईमा १ लाख ५४ रुपैयाँ उपलब्ध थियो । यता किरात राई यायोक्खा ईटहरी उप–महानगर समितिको अगुवाईमा १ लाख २७ हजार ५ सय उपलब्ध थियो । सवै गरी ५ लाख ४१ हजार १२ रुपैयाँ आर्थिक सहयोग मार्फत राहत उपलब्ध गराएको संचार संयोजक चाम्लिङले बताए ।


प्रमुख अतिथि यायोक्खाकी सुनसरी जिल्ला अध्यक्ष कमला राईको उपस्थितिमा समारोह विच राहत हस्तान्तरण भएको थियो । राज सुनुवार किरात र शिब वान्तवाको संयोजकत्व तथा यायोक्खा ईटहरी उप–महानगर समिति र किरात राई सुम्निमा संघ ईटहरी भएको कार्यक्रमको सभापतित्व यायोक्खा ईटहरीका अध्यक्ष मानबहादु राईको थियो भने ब्यवस्थापन किरात राई युवा संघ धरानले गरेका थिए ।

प्रकाशित : १३ आश्विन २०७४, शुक्रबार ००:००