१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

हराएको मोवाईल प्रहरी मार्फत फिर्ता




विताएमोड । झापा बाट बिभिन्न समयमा हराएका तथा चोरी भएका महंगो खाले मोवाईल फोनहरु प्रहरी मार्फत फिर्ता गराएका छन् ।
गएको साउन महिनामा चोरी भएको तथा हराएको सामानहरु प्रहरीले फेला पारेर बुझएका हुन् । प्रहरीमा परेको उजुरीको आधारमा मोवाईल फेला पारी फिर्ता दिईएको हो । मोवाईल फिर्ता पाउनेहरुमा मेचीनगरपालिका ७ का प्रसाद धिमाल, विर्तामोड नगरपालिका १ का रुपधन राई, सोही वडाका राजेन्द्र चौलागाईं र अर्जुनधारा ५ का सुमिना चौहान रहेका छन् । ति सवैको मोवाईल ईलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक राज कुमार सिलवालले हस्तान्तरण गरेका थिए । फेला परेको मोवाईल सहित सम्पर्कमा आएका ब्याक्तिहरुसंग प्रहरीले सोधपुछ जारी राखेका छन् ।

प्रकाशित : १३ आश्विन २०७४, शुक्रबार ००:००