२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

चित्र कलाकार राईको निधन



 

काठमाडौँ, ५ असोज (रासस) ः चित्र कलाकार शान्तकुमार राईको पेटको अर्बुद रोगबाट नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा ५६ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको बुधबार राति ९ः३० बजे निधन भएको हो । उहाँ डेढ महिनादेखि सो रोगबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको शव आजै विहान उहाँको निवास भैँसेपाटी लगी आजै पशुपतिमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतबाट थाहा भएको छ ।

उहाँले नेपाल ललितकला मञ्चका संस्थापक अध्यक्ष, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य र नेपाल कलाकार समाजका महासचिव, किराँत कलाकार समाजका अध्यक्ष भएर काम गरिसक्नुभएको छ । उहाँ हाल आधुनिक कलाकार समाजको महासचिव हुनुहुन्थ्यो ।

उहाँले विसं २०७२ को भूकम्पबाट पीडित भएका कलाकारहरुका लागि ‘ललितकला हातेमालो अभियान’ सञ्चालन गरेर सेवा पु¥याउनुभएको थियो ।

उहाँ दृश्य कला र नारीका संवेदनालाई चित्रमा उतार्न निकै सिद्धहस्त हुनुहुन्थ्यो ।

इलाममा जन्मनुभएका राईका श्रीमती र एक छोरा हुनुहुन्छ । आधुनिक कलाकारका पिता मानिने लैनसिंह वाङ्देलका शिष्य रहनुभएका राईले नेपाल, भारत, दक्षीण कोरिया, बेलायतलगायत देशमा थुप्रै पटक चित्र प्रदर्शनी पनि गर्नुभएको थियो ।

प्रकाशित : ५ आश्विन २०७४, बिहिबार ००:००