२५ माघ २०८१, शुक्रबार । February 7, 2025

मुख्य खबर

करेन्ट लागेर एक महिलाको मृत्यु



भोजपुर, २० भदौ । भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो ।

खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासि करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र थारु पन्जियारले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको र आज परीक्षण हुने प्रहरीले जनाएको छ ।

प्रकाशित : २० भाद्र २०७४, मंगलबार ००:००