२ असार २०८२, सोमबार । June 16, 2025

मुख्य खबर

गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा नयाँ नेतृत्व



पोखरा, १९ भदौ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च, प्रदेश नं ४ पोखराको तेस्रो वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनले रवीन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

आगामी दुईवर्षे कार्यकालका लागि निर्वाचित समितिको उपाध्यक्षमा चूडामणि दाहाल, सचिवमा रमेशबहादुर खत्री र कोषाध्यक्षमा सूर्यनाथ पहारी हुनुहुन्छ ।

कार्य समितिको सदस्यमा सुशीला भण्डारी, अशोक पराजुली, कमलबहादुर झुजेल, भुपेन गुरुङ र सन्तोष सापकोटा निर्वाचित हुुनुभयो ।

मञ्चका निर्वतमान अध्यक्ष तारानाथ पहारी पदेन सदस्य रहने समितिमा अर्को एक सदस्य मनोनित गरिनेछ ।

प्राकृतिक सुन्दरताले रमणीय नेपालका गाउँमा पर्यटन विकासको पर्याप्त सम्भावना भएको बताउँदै नवनिर्वाचित अध्यक्ष पौडेलले सम्भाव्य ठाउँको पहिचान, तिनीको प्रवद्र्धन एवं विकास तथा विस्तारका लागि नवनिर्वाचित कार्यसमिति क्रियाशील बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित : १९ भाद्र २०७४, सोमबार ००:००