१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

ठूलो परिमाणमा लत्ताकपडा पक्राउ



धनुषा, १७ भदौ । जनकपुर भन्सार कार्यालयले भन्सार छलेर ल्याइएका एक पिकअप भ्यानसहित लाखाँै मूल्य बराबरका लताकपडा पक्राउ गरेको छ ।

जनकपुरस्थित भन्सार कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिनुभएको हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत हेमचन्द्र शर्माले विशेष सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारबाट बिहान ३ बजे भन्सार छली ल्याइएका रु १० लाख मूल्य बराबरका लत्ताकपडा पक्राउ गरेको बताउनुभयो ।

ज १ च १२७५ नम्बरको पिकअप भ्यानमा रहेको सो लताकपडा सिरहातर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको उहाँले बताउनुभयो । सो पिकअपमा रहेका कपडा भारतीय नागरिकको रहेको अनुमान गरिएको छ ।

त्यसैगरी चोरीपैठारी गरी भित्र्यिाइएका पान मसाला, खाने तेल, चिनीलगायत कसमेटिक सामान जनकपुरलगायतका बजारमा खुलेयाम विक्री भइरहेका छन् । चोरीतस्करीबाट आउने यी सामानबाट भन्सार कार्यालयले भने वर्षेनी ठूलो रकम राजस्व गुमाउँदै आएको छ ।

प्रहरीको मिलोमतोमा नै यी सामानको चोरी तस्करी हुने गरेको यसमा संलग्न व्यवसायीले बताएका छन् ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००