२ असार २०८२, सोमबार । June 17, 2025

मुख्य खबर

‘मिशन नेपाल’को डोल्पा कार्य समिति गठन



दुनै (डोल्पा), १७ भदौ । भ्रष्टाचार, अन्याय, अत्याचार एवं सामाजिक विकृति, विसंगतिविरुद्धमा जनचेतना जगाउन हाम्रो अभियान भन्ने मूल उद्देश्यका साथ स्थापित संस्था ‘मिशन नेपाल’को डोल्पा कार्य समिति गठन भएको छ ।

नागरिक समाज, पत्रकार, समाजसेवीलगायतका जिल्लाका सरोकारवालाको छलफलबाट नौ सदस्यीय कार्य समिति गठन गरिएकोे हो । जिल्ला कार्य समितिको अध्यक्षमा ओमेन्द्र केसी, उपाध्यक्षमा भुवन कठायत, कोषाध्यक्षमा कमलाकुमारी शाही, सचिवमा दुर्गादेवी रोकाय, सहसचिवमा शान्ति कुलाल, सदस्यमा धनादेवी केसी, निर्मला बुढा, कमल बुढा, टीकादत्त न्यौपाने, ज्ञानबहादुर बुढा, नवराज थापा सर्वसहमत चयन हुनुभएको छ ।
‘मिशन नेपाल’ डोल्पाले जिल्लामा व्याप्त भ्रष्टाचार, विकृति विसंगतिका विरुद्ध सशक्त ढंगबाट कार्य सञ्चालन गर्ने अध्यक्ष केसीले बताउनुभयो ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००