६ असार २०८२, शुक्रबार । June 20, 2025

मुख्य खबर

राप्रपा अध्यक्ष थापा पत्रकार सम्मेलन



नेपालगन्ज, १६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्ति र आत्मसमर्पणवादी शक्तिको टकराव नेपालको राजनीतिमा अभैm अन्त्य हुन नसकेको बताउनुभएको छ ।

सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो— “दुई चरणमा हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई आप्mनो दलले उच्च महत्व दिएको छ ।”

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले पार्टी फुट्नु दुःखद भए पनि यसलाई अवसरका रुपमा लिएका छौँ, पार्टीभित्रको आन्तरिक विवादलाई बहाना बनाएर पार्टी फुट्दै जाने हो भने कुनै पार्टी पनि टिक्न सक्दैनन् भन्नुभयो ।

अध्यक्ष थापाको थप भनाइ थियो—“आप्mनो दलले हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई नछाडेको र यही एजेण्डाका आधारमा पार्टी संगठन विस्तार गरिनेछ ।”

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००