२७ माघ २०८१, आइतबार । February 9, 2025

मुख्य खबर

बाढीपीडितलाई ५३ हजार सहयोग



काठमाडौँ, १५ भदौ । नागार्जुन नगरपालिका– १, रानीवनस्थित सहनशील महिला समाजले बाढीपीडितलाई रु ५३ हजार २०५ सहयोग गरेको छ ।

सहनशील महिला समाजकी अध्यक्ष बसुन्धरा पौडेलले सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी आज गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा पूर्व प्रशासक दिलबहादुर घिमिरे, पुनःनिर्माण प्राधिकरणका कर्मचारी बैकुण्ठ चालिसेलगायत सो संस्थाका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००