२८ माघ २०८१, सोमबार । February 10, 2025

मुख्य खबर

दूरसञ्चार कर्मचारी सङ्घको परिषद् बैठक चितवनमा हुने



चितवन, १५ भदौ । नेपाल दूरसञ्चार कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठक शुक्रबार र शनिबार चितवनमा हुने भएको छ ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी देशभरबाट २५० जना पार्षद् र करिब २५० जना नै अतिथि तथा पर्यवेक्षक बैठकमा सहभागी हुने जनाएको छ ।

सङ्घका महासचिव यादवप्रसाद पनेरुले समितिको मध्यवर्ती समीक्षा, बाँकी अवधिका लागि रणनीतिक कार्ययोजना र विधान संशोधन विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

समसामयिक अवस्थामा कम्पनीका ग्राहकलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउँदै कम्पनीलाई दूरसञ्चार क्षेत्रको प्रतिस्पर्धात्मक बजारमा अब्बल सावित गर्न संस्थाले तय गर्नुपर्ने व्यावसायिक कार्ययोजना र रणनीति सम्बन्धमा गहन छलफल गरी कम्पनीलाई ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००