२८ माघ २०८१, सोमबार । February 10, 2025

मुख्य खबर

संविधानमा ‘हिन्दू राष्ट्र र बुद्धको जन्मभूमि’ लेख्न माग



काठमाडौँ, १५ भदौ । राष्ट्रिय शिवसेना पार्टीले मुलुकलाई वैदिक सनातन हिन्दू राष्ट्र र बुद्ध जन्मभूमि घोषणा गर्न माग गरेको छ ।

यहाँ बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष विक्रमबहादुर बमले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र र बुद्धको जन्मभूमि भनेर संविधानको प्रस्तावनामा समावेश गर्नुपर्ने माग गर्नुभयो ।

मुलुकको विद्यमान राजनीतिक अस्थिरता र अन्योललाई दलहरुले निकाश दिन नसकेमा मुलुकको अस्तित्व नरहने बताउँदै उहाँले देश विभाजन, विखण्डन र विघटन हुनसक्ने खतरा औँल्याउनुभयो । अध्यक्ष बमले भन्नुभयो– “देशको राष्ट्रियता, स्वाभिमान जोगाउन जनताले चाहेमा संवैधानिक राजसंस्थालाई आलंकारिक रुपमा निरन्तरता दिनुपर्छ ।”

यही भदौ २८ गते भष्ट्राचारका विरुद्धमा काठमाडौँमा विभिन्न दबाबमूलक कार्यक्रम गरिने बताइएको छ । विभिन्न पार्टी परित्याग गरी सो पार्टीमा करिब ४० जना प्रवेश गरेका थिए ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००