काठमाडाँै, १५ भदौ । आज १० औँ पुस्तकालय दिवस मनाइँदैछ । दिवसको अवसरमा आज बिहान प्रभातफेरी ¥याली निकालिएको छ ।
आज बिहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी शहिदगेट, रत्नपार्क, कमलादी हुँदै कमलपोखरीमा पुगी सम्पन्न भएको छ ।
शिक्षा मन्त्रालय, पुस्तकालय दिवस मूल समारोह समितिको आयोजनामा ¥याली निकालिएको हो । ¥यालीमा ‘पढ्ने संस्कृतिको विकास गराँै’ ‘एक स्थानीय तह एक पुस्तकालय’ ‘पुस्तक ज्ञानको भण्डार’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनी गरिएको थियो ।
¥यालीमा शिक्षा मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । ¥यालीपछि कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको विशेष कार्यक्रम आयोजना गरिने मन्त्रालयकी प्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।
‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने मूलनाराका साथ पुस्तकालय दिवस मनाइँदै छ ।
नेपालमा पठन संस्कृतिको विकास गर्नका लागि २०६५ सालदेखि पुस्तकालय दिवस मनाइँदै आइरहेको छ । दिवस मनाउनका लागि मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
अहिले नेपालमा करिब एक हजार पुस्तकालय रहेका छन् ।
प्रतिक्रिया