२८ माघ २०८१, सोमबार । February 10, 2025

मुख्य खबर

बेपत्ता किशोरी अझै फेला परिनन्



बैतडी, १५ भदौ । चमेलिया नदीमा बेपत्ता भएकी एक किशोरी नौदिनसम्म पनि फेला पर्न सकेकी छैनन् ।

भदौ ७ गते बिहान ८ बजेतिर बैतडीको डिलाशैनी गाउँपालिका वडा नं २ कँडै बस्ने १७ वर्षीया सुनिता दमाईं चमेलिया नदीमा बेपत्ता भएकी हुन् ।

घरबाट पसल खोल्न जान्छु भनेर हिँडेकी सुनिता एक्कासि चमेलिया नदीमा बेपत्ता भएको खबर आएको थियो । बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको भएपनि हालसम्म फेला नपरेकी जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००