२९ माघ २०८१, मंगलबार । February 11, 2025

मुख्य खबर

छोराको कुटाइबाट आमाको मृत्यु



चितवन, १४ भदौ । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्र्र्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित : १४ भाद्र २०७४, बुधबार ००:००