२९ माघ २०८१, मंगलबार । February 11, 2025

मुख्य खबर

देशभरका देवालय र शिवालयमा जल अभिषेक गरिने



काठमाडौँ, १४ भदौ । राष्ट्रिय एकता अभियानले हिन्दू धर्मको रक्षाका लागि यही भदौ २० गतेदेखि आगामी असोज २५ गतेसम्म देशभरका प्राचीन महत्वका देवालय र शिवालयमा जल अभिषेक गर्ने भएको छ ।

नेपालका विभिन्न तीर्थस्थल तथा भारतका हरिद्धार, गंगाजमुना, सरस्वती, नर्मदा, कावेरी, चारधामलगायतका पवित्र नदी तथा तीर्थस्थलबाट ल्याइने जल ती मन्दिरमा चढाइने अभियानका संयोजक हरिबोल भट्टराईले जनकारी दिनुभयो ।

अभियानअन्तर्गत करिब एक महिनाको अवधिमा सम्बद्ध अभियन्ताले देशका ७५ जिल्ला सदरमुकाम पुगेर जल चढाउने छन् ।

मुलुकमा वैदिक सनातन मौलिक मूल्य मान्यता, पूर्वीय दर्शन, हिन्दूत्व र संस्कृतिको संरक्षणका साथै नेपाललाई सनतान हिन्दू राष्ट्रका रुपमा पुनःस्थापित गरी समाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम हुने र दिगो शान्ति तथा समृद्धि प्राप्त हुने उहाँले बताउनुभयो ।

विश्वको एक मात्र हिन्दू राष्ट्रका रुपमा रहेको नेपालमा अहिले विदेशी प्रभावबाट धर्ममाथि भइरहेको अतिक्रमणलाई अविलम्ब रोकेर यहाँ बसोवास गर्ने सबै जाति र समुदायका संस्कृतिसमेत संरक्षण गर्नुपर्ने अवस्था आइपरेको संयोजक भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित : १४ भाद्र २०७४, बुधबार ००:००