२९ माघ २०८१, मंगलबार । February 11, 2025

मुख्य खबर

लोपोन्मुख अवस्थामा गुल्मीको खन्जना



गुल्मी, १३ भदौ । गुल्मीमा खन्जना गीत तथा नाच उचित संरक्षणको अभावमा लोपोन्मुख अवस्थामा पुगेको छ ।

मालिका गाउँपालिका–१ नेटामा प्रचलित खन्जना गीत तथा नाचको उचित संरक्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको समाजसेवी ढालबहादुर बोहोराले जानकारी दिनुभयो ।

तीजका अवसरमा खन्जना मात्र गाउने र नाच्ने तर अघिपछि खन्जनाको खासै वास्ता नहुने र युवापुस्तामा सिको नहुँदा र यसको व्यापक प्रचारप्रसार नहँुदा तथा उचित व्यवस्थापन गर्न नसक्दा खन्जना दिनप्रतिदिन विस्तारै लोप भई ओझेलमा पर्न थालेको युवा समाजसेवी बोहोराको भनाइ छ ।

साथै, मगर समुदायमा केन्द्रित खन्जना आफ्ना पुराना पुर्खाले गाउँदै आएको खन्जनामा भगवान् तथा देवीदेवताका गीत महिला र पुरुषले सामूहिक रुपमा खन्जना गाउने र नाच्ने गरिन्छ ।

यस्तै, पछिल्लो समयमा युवापुस्ता पुरानो मौलिक संस्कृतिभन्दा पनि आधुनिकतातर्फ बढी आकर्षित हुन थालेपछि पुरानो मौलिक संस्कृति खन्जना ओझेलमा पर्न थालेपछि आफूहरु खन्जनाको संरक्षणमा लागि परेको समेत युवा समाजसेवी बोहोराले बताउनुभयो ।

जिल्लाकै एकमात्र ठाउँ नेटामा खन्जना रहेकाले जिल्लाको अन्यत्र कहीँ कतै पनि खन्जना नभएकाले आफ्नो ठाउँमा मात्र खन्जना भएको खन्जना जानकार युवा बोहोराले दाबी गर्नुभयो ।

प्रकाशित : १३ भाद्र २०७४, मंगलबार ००:००