२९ माघ २०८१, मंगलबार । February 12, 2025

मुख्य खबर

डोलेश्वर दैनिक लोकार्पण



भक्तपुर, १२ भदौ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले भक्तपुरबाट आजबाट प्रकाशन शुरु भएको डोलेश्वर दैनिकको लोकार्पण गर्नुभएको छ ।

आज भक्तपुरमा लोकतान्त्रिक छापा माध्यम सञ्जालले आयोजना गरेको पत्रिका लोकार्पण एवं नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको सम्मान कार्यक्रममा पत्रिकाको लोकार्पण गरिएको हो ।

राज्यमन्त्री विष्टले लोकतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी पत्रकारको पनि भएको औँल्याउँदै महासङ्घका नवनिर्वाचित पदाधिकारीले त्यो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र र पत्रकारिता एकअर्काको परिपूरक रहेकाले चर्चा गर्दै उहाँले लोकतन्त्रका पक्षमा पत्रकारले कहिल्यै सम्झौता गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले पत्रकारले समाचार सम्प्रेषण गर्दा सूचनाको हकको प्रयोग गर्न आग्रह गर्दै सत्य समाचारले मात्रै पत्रकारिताको भविष्य सुनिश्चित हुने बताउनुभयो ।

महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले कहिलेकाहीँ सञ्चारमाध्यमबाट सम्प्रेषित हुने गलत समाचारले पत्रकारिताप्रतिको विश्वास गुम्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पत्रकारिताको विकाससँगै व्यवस्थापनमा भएको कठिनाइप्रति सरकारले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष दिलीप थापामगर, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले पत्रकार सधँै देश र जनताको हितका लागि कलम चलाउने बताउनुभयो ।

डोलेश्वर दैनिकका प्रकाशक एवं प्रधान सम्पादक पेशल आचार्य, सम्पादक सुशीला सिग्देलले जनताको आवाजलाई यस पत्रिकामार्फत बुलन्द गर्ने बताउनुभयो ।

सूचना नमागे पनि सार्वजनिक गर्नुस् ः आयुक्त पोखरेल

राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले जनताले सूचना नमागे पनि प्रत्येक तीन महिनामा सूचना सार्वजनिक गर्न निर्देशन दिनुभएको छ ।

आज भक्तपुरमा राष्ट्रिय सूचना आयोगले सरकारी कार्यालय एवं राजनीतिक दलका लागि आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा उहाँले सबै कार्यालय र राजनीतिक दललाई समेत पारदर्शी ढङ्गले सूचना सार्वजनिक गर्न निर्देशन दिनुभयो ।

उहाँले प्रत्येक कार्यालय, सङ्घसंस्था, सरकारी तथा निजी क्षेत्र र राजनीतिक दललाई समेत सूचना अधिकारी तोकेर सूचना प्रवाह गर्न ढिला नगर्न निर्देशन दिँदै सूचना नदिने कार्यालयका अधिकारी कारबाहीको भागिदार हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनता यो देशका मालिक हुन्, कर्मचारी सेवक हुन् । त्यसैले सेवकले सधँै मालिकले सहजै थाहा पाउने गरी प्रत्येक तीन महिनामा कार्यालयका सबै हिसाब र कार्यक्रमलाई पारदर्शी ढङ्गले सर्वाजनिक गर्नुस् ।”

कार्यक्रममा सरकारका सहसचिव भूवनहरि अर्याल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोरखेल, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरलगायतले भक्तपुरमा सूचनाको हकलाई कार्यान्वयन गर्न सबै कार्यालयमा सूचना अधिकारी राखेको बताउनुभयो ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार ००:००