नेपालगञ्ज, १० भदौ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले मुलुकभित्र पर्याप्त श्रमको व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
शुक्रबार पत्रकारसँगको भेटका अवसरमा उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउन मुलुकभित्र रोजगारमूलक कामलाई बढावा दिने योजना ल्याइने जानकारी दिनुभयो ।
यसैबीच राज्यमन्त्री चौधरीले नेपालगञ्जस्थित भेरी अञ्चल श्रम कार्यालयको निरीक्षण गरी त्यहाँबाट प्रदान भइरहेका सेवा, सुविधाका विषयमा जानकारी लिनुभयो ।
प्रतिक्रिया