३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

चट्याङ लागेर एकको मृत्यु



बनेपा, ९ भदौ । काभ्रेपलाञ्चोकको चौरीदेउराली–४ धुसेनि शिवालयमा चट्याङ लागेर एक जनाको बिहीबार घटनास्थलमा नै मृत्यु भएको छ ।

घरमा बसिरहेको अवस्थामा १५ वर्षीय रविन विकलाई चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

चट्याङका कारण जिल्लाको महाभारत गाउँपालिका लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुँदै आएको छ । आर्थिक वर्ष २०७३÷७४ मा चट्याङबाट दुईजनाको मृत्यु भएको थियो ।

प्रकाशित : ९ भाद्र २०७४, शुक्रबार ००:००